default_image

7 years ago

January 24, 2019

मेस्सीविनाको बार्सिलोनाको सेभियासँग हार

145 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा ला लिगा प्रतिद्धन्द्धी सेभियासँग पराजित भएको छ । बार्सिलोना घरेलु टोलीसँग बुधबार राति २–० ले पराजित भएको हो ।

सेभियाका पाब्लो साराविया र विसाम विन यडरले गोल गरे । मुख्य खेलाडीहरु कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज र फिलिपे कौटिन्होविना मैदान उत्रिएको बार्सिलोनाले खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि गोल सेभियाको बलियो रक्षापङ्ति तोडन सकेन ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा सेभियाल दुई गोल गर्न सफल भयो । ५८औं मिनेटमा पाब्लो सारावियाले क्वीन्सी प्रोमिसको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । ७६औं मिनेटमाविसाम विन यडरल गोल गर्दै सेभियालाई २–० को जित दिलाए ।

बार्सिलोनाले दोस्रो हाफमा लुइस स्वारेज र फिलिपे कौटिन्होलाई मैदानमा पठाएपनि टोलीको हार टार्न सकेन । यो खेलमा भर्खर मात्र अनुबन्धित भएका केभिन प्रिन्स बोएटिङले पहिलो रोजाईमा खेलेपनि प्रभावशाली प्रदर्शन गर्न सकेन ।
जितसँगै सेभिया कोपा डेल रेको सेमिफाइनल नजिक पुगेको छ । दोस्रो लेगमा बार्सिलोनालाई रोक्न सके सेभिया अन्तिम चारमा प्रवेश गर्नेछ । बार्सिलोनालाई सेमिफाइनल पुग्न निश्चित जित आवश्यक छ । दोस्रो लेग अर्काे साता बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.