default_image

5 years ago

January 24, 2019

हिगुआइन चेल्सीमा अनुबन्धित, टोटेनहमविरुद्ध खेल्न नपाउने

एजेन्सी – अर्जेन्टिना तथा इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइन इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले अर्जेन्टिनाका ३१ वर्षीय फरवार्ड हिगुआइनलाई ६ महिनाका लागि लोनमा बुधबार राति क्लबमा अनुबन्ध गरेको हो । हिगुआइन सिरी ‘ए’ क्लब युभेन्टसबाट लोनमा एसी मिलानबाट खेल्दै आएका थिए । यससँगै हिगुआइनको आफ्ना पूर्व प्रशिक्षक मौरिसियो सार्रीसँग […]

19 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइन इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् ।

चेल्सीले अर्जेन्टिनाका ३१ वर्षीय फरवार्ड हिगुआइनलाई ६ महिनाका लागि लोनमा बुधबार राति क्लबमा अनुबन्ध गरेको हो । हिगुआइन सिरी ‘ए’ क्लब युभेन्टसबाट लोनमा एसी मिलानबाट खेल्दै आएका थिए ।

यससँगै हिगुआइनको आफ्ना पूर्व प्रशिक्षक मौरिसियो सार्रीसँग पुर्नमिलन भएको छ । नेपोलीका पूर्व प्रशिक्षक सार्रीकै प्रशिक्षणमा हिगुआइनले उच्च प्रदर्शन गर्दै दुई सिजनमा ३६ गोल गर्न सफल भएका थिए । उनको बुधबार राति नै मेडिकल भएको छ । ढिला गरी चेल्सीसँग सम्झौता गरेका कारण हिगुआइनले कारवाओ कप अन्तरगत टोटेनहमविरुद्धको सेमिफाइनल खेल भने गुमाउने भएको छ ।

चेल्सीमा अनुबन्ध भएसँगै हिगुआइनले चेल्सीमा अनुबन्ध हुन पाउनु र आफ्नो पुर्वप्रशिक्षक सार्रीसाग पुर्नमिलन हुन पाउनु आफ्नो लागि खुशी र गौरवको कुरा रहेको बताएका छन् । ‘आफ्नै मैदान र समर्थक भएको अनगिन्ती इतिहास बोकेको चेल्सीमा अनुबन्ध हुन पाउदा खुशी लागेको छ,’ चेल्सीमा अनुबन्ध भएपछि हिगुआइनले भने, ‘मेरो सपना प्रिमियर लिगमा पनि खेल्ने थियो । यो सपना चेलसीबाट पूरा हुने भएको छ । आफ्नो तर्फबाट क्लबलाई माथि लैजान हर प्रयास हुनेछ ।’

क्लबका प्रशिक्षक मौरिसियो सार्रीले हिगुआइन आफ्नो लागि उत्कृष्ट फरवार्ड रहेको बताए । उनले हिगुआइनको आगमनसँगै चेल्सीको स्ट्राइकिङ लाइन मजवुत रहनेमा विश्वस्त रहेको बताए ।
लामो समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका हिगुआइन सन् २०१३ मा इटालियन क्लब नेपोलीमा पुगेका थिए । त्यसपछि उनी सन् २०१६ मा इटालियन महारथी युभेन्टसबाट पनि खेले । रियलका पूर्व सहयात्री क्रिस्टियानो रोनाल्डो यसै सिजन युभेन्टस पुगेपछि उनी लोनमा एसी मिलान पुगेका थिए ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.