7 years ago
January 24, 2019
सुनिल गाउँले
सिमरा – रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि यसपटक पनि रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । हिमालयन शेर्पा क्लबलाई बिहीबार १–० ले हराउँदै थ्री स्टार फाइनलमा पुगेको छ ।

आर्मी भने बुधबार आयोजक नवजनजागृति युवा क्लबलाई पराजित गर्दै अन्तिम दुईमा पुगिसकेको छ । गत वर्षपनि यी दुई टोली भिड्दा आर्मीले बाजी मारेको थियो ।
स्थानिय सिमरा रंगशालामा अफ्रिकन मुलका फोफाना फोडेले गरेको गोल थ्री स्टारलाई उपाधि नजिक पु¥याउन पर्याप्त रह्यो । उनले ७१ औं मिनेटमा गोल गरेका थिए । थ्री स्टार कप्तान विक्रम लामा खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
शनिबार हुने फाइनल विजेताले उपाधिसहित ६ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । शुक्रबार बारा र सर्लाही जिल्लाको महिला टोलीबीच मैत्रीपूर्ण फुटबल हुने आयोजक नवजनजागृति क्लबले जनाएको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]