7 years ago
January 25, 2019
एजेन्सी – प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हस्टपरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो लेगमा चेल्सीले २–१ को जित निकालेपनि समग्रमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पहिलो लेगमा चेल्सी १–० ले पछि परेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीक विलियन, सेजर एज्पीलिक्वेटा, जर्गिन्हो र डेभिड लुइजले गोल गरे । टोटेनहमका क्रिस्टियन इरिक्सन र इरिक लमेलाले मात्रै गोल गर्न सके । इरिक डाएरको प्रहार आकसिंदा लुकास मौराको पेनाल्टी चेल्सीका गोलरक्षक किपा एरिजाबालागाले बचाए ।

त्यसअघि घरेलु मैदानमा बिहीबार राति भएको खेलमा एङ्गोलो कान्टेको गोलबाट चेल्सीले खेलमा सुरुवाती अग्रता बनाएको थियो । ३८औं मिनेटमा इडेन हाजार्डले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ५०औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउदै खेललाई समग्रमा २–२ को बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी भएपनि समग्रमा २-२ को बराबरी हुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

अब चेल्सीले उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्नेछ । फाइनल खेल वेम्वली स्टेडियममा २४ फेब्रुअरीमा हुनेछ । सिटीले तेस्रो डिभिजनको क्लब बर्टन अल्वियोनलाई समग्रमा १०–० को जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]