default_image

5 years ago

January 25, 2019

सिमरा गोल्डकपको उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै, कसले मार्ला बाजी ?

सुनील गाउँले (सिमरा) – रुस्लान १०औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ‘ए’ डिभिजनका दुई क्लब त्रिभुवन आर्मी र रुस्लान थ्री स्टारबीच शनिवार सिमरा रंगशालामा प्रतिस्पर्धा हुँदैछ । दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टार क्लबसँग सिमरा रंशालामा दोस्रोपटक फाइनल खेल्दैछ । थ्री स्टारलाई हराउँदै आर्मीले गतवर्ष दोस्रोपटक सिमरा गोल्डकपको उपाधि जितेको थियो […]

32 views

0 Bookmark

सुनील गाउँले (सिमरा) – रुस्लान १०औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ‘ए’ डिभिजनका दुई क्लब त्रिभुवन आर्मी र रुस्लान थ्री स्टारबीच शनिवार सिमरा रंगशालामा प्रतिस्पर्धा हुँदैछ ।

फाइनल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा थ्री स्टार र आर्मीका कप्तान र प्रशिक्षक ट्रफीसाथ । तस्वीरः सुनिल गाँउले

दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टार क्लबसँग सिमरा रंशालामा दोस्रोपटक फाइनल खेल्दैछ । थ्री स्टारलाई हराउँदै आर्मीले गतवर्ष दोस्रोपटक सिमरा गोल्डकपको उपाधि जितेको थियो ।
२०७१ सालमा सम्पन्न छैठौं संस्करणको समेत विजेता रहेको आर्मी चौथोपटक सिमरा गोल्डकपको फाइनलमा पुगेको हो । आठौं संस्करणको फाइनलमा संकटा क्लबसँग पराजित हुँदै आर्मीले उपविजेताका रुपमा चित्त बुझाएको थियो ।
नव जनजागृति युवा क्लब सिमराको आयोजनामा १० वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो एउटा मात्रै राष्ट्रियस्तरको प्रतियोगिता हो । सिमरा गोल्डकपको इतिहाँसमा मनाङ–मस्र्याङ्दी क्लब र आर्मीले समान दुइ–दुइ पटक उपाधि उचालेका छन् । तर, लिग लगतै आयोजना भएकाले मनाङले यसवर्ष प्रतियोगितामा भाग लिएन ।
यसवर्ष आर्मी तेस्रो पटक उपाधि जित्दै प्रतियोगिताको सर्वाधिक सफल टोली बन्ने प्रयासमा मैदानमा उत्रने छ भने दोश्रोपटक फाईनल यात्रा तय गरेको थ्रिस्टार आर्मीसंग गत वर्षको हारको बदला लिंदै उपाधि विजेताको सूचिमा सामेल हुने दाउँमा छ ।
एपीएफलाई ४–२ ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब सिमरालाई १–० ले पराजित गरेको थियो । थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा संकटालाई २–० र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको थियो ।
सिमरा गोल्डकपमा यो पटक २ खेल खेल्ने क्रममा अहिले सम्म गोल नखाएका थ्री स्टारका गोलकिपर एलन न्यौपानेको नाममा सर्वाधिक क्लिनसिट रहेको छ । आर्मीका टंक बस्नेत र थ्रीस्टारका फोफाना फोडे २–२ गोलका साथ सर्वाधिक गोलकर्ताको सुचीमा आगाडि छन् ।

शुक्रबार सिमरा रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताए । आर्मीका तर्फबाट प्रशिक्षक नविन न्यौपाने र टिम म्यानेजर चुनबहादुर थापा तथा थ्री स्टारका प्रशिक्षक मेघराज केसी र कप्तान विक्रम लामा पत्रकार सम्मेलनमा उपस्थित थिए ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली फाइलन जित्दै सिमरा गोल्डकपको शिल्डमा नाम लेखाउने प्रयासमा रहने बताए । ‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचिमा नाम लेख्नुछ’ उनले भने । दुबै टिम जित्नका लागि मैदानमा उत्रने भन्दै उनले आँफूहरु आर्मी विरुद्धको खेलमा विशेष तयारीका साथ मैदानमा आउने बताए ।
आर्मी र थ्रीस्टार दुबै टिमका खेलाडीहरुले सिमरामा स्तर अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक केसीले लगातारको प्रतियोगिताका कारण दुबै टिमको प्रदर्शनलाई प्रभावित गरेको बताए । ‘आर्मीकै कुरा गर्दा कतिपय देखिनु पर्ने अनुहार टिममा छैनन्, थ्रीस्टारको पनि लिगपछि केहि खेलाडी बाहिरिएका छन् नयाँ आएकाहरु टिममा एडजस्ट हुन बाँकी छ’ उनले भने ।
थ्री स्टारका कप्तान विक्रम लामाले आर्मीसंग खेल्नु आफूहरुका लागि एउटा अवसर समेत रहेको बताए । ‘उच्च फर्ममा रहेको आर्मीसंग खेल्दा हामिले केहि नयाँ कुरा सिक्ने अवसर समेत पाउँछौं’ उनले भने ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०÷५० हुने बताए । न्यौपाने भन्छन, ‘जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै उपाधि जित्छ । फाइनल पुग्ने दुबै टिम सशक्त हुने भएकाले विशेष रणनीति र मेहनतको जरुरी पर्ने न्यौपानेले बताए ।
एक हप्ता अघि बीरगञ्जमा सम्पन्न विशाल मेमोरिएल गोल्डकपको उपाधि जितेको आर्मीले त्यसको भोलिपल्टै सिमरा गोल्डकप खेलेको स्मरण गर्दै प्रशिक्षक न्यौपानेले टिमका केहि खेलाडीलाई मिस गरेको बताए । ‘लिगपछि नवयूग, दिनेश हेमजन जस्ता खेलाडी टिममा छैनन्, उनिहरुलाइ पक्कै मिस गरेका छौं, तर बीरगञ्जमा उनिहरु विनाको टिमले उपाधि जितिसकेकाले अरु खेलाडी पनि सक्षम छन् भन्ने सावित भइसकेको छ’ प्रशिक्षक न्यौपानेले भने ।
लिगपछिको यस सिजनमा पहिलोपटक नकाउट फुटबलमा भिड्न लागेकाले दुई टिम विचको खेललाई महत्वका साथ लिएको आर्मीका प्रशिक्षक न्यौपानेले बताए ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लिगपछिको यस सिजनमा आँफूहरुले भाग लिएको २ वटा प्रतियोगिता मध्य दुबैमा फाइनल पुगेकाले टिमका खेलाडीमा उच्च मनोबल रहेको बताए ।
उपाधि रक्षाका लागि कडा संघर्ष गर्ने आर्मीका प्रशिक्षक नयौपानेको भनाई थियो भने सिमरा गोल्डकमा इतिहाँस बनाउन आँफूहरुले आर्मी विरुद्ध जित्ने रणनीतिका साथ खेल्ने थ्रीस्टारका प्रशिक्षक केसीको भनाई छ ।

सिमरा गोल्डकपका हाल सम्मका विजेता र उपविजेता
प्रथम संस्करण २०६६ मजदुर शहिद स्मृति क्लब/गोर्खा व्वाइज बुटवल
दोश्रो संस्करण २०६७ हिमालयन शेर्पा क्लब/एपिएफ
तेश्रो संस्करण २०६८ मनाङ मस्र्याङदी क्लब/सहारा क्लब पोखरा
चौथो संस्करण २०६९ मनाङ मस्र्याङदी क्लब/हिमालयन शेर्पा क्लब
पाँचौ संस्करण २०७० नवजनजागृति यूवा क्लब सिमरा/वीरगञ्ज यूनाइटेड
छैठौं संस्करण २०७१ त्रिभूवन आर्मी क्लब/नेपाल पुलिस क्लब
सातौं संस्करण २०७२ विजय युथ क्लब हेटौंडा/रुपन्देही ११
आठौं संस्करण २०७३ सिएमजी संकटा क्लब/त्रिभूवन आर्मी क्लब
नवौं संस्करण २०७४ त्रिभूवन आर्मी क्लब/थ्रीस्टार क्लब

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.