default_image

7 years ago

January 25, 2019

मैत्रीपुर्ण सिरिजको लागि नेपाली महिला फुटबल टोलीको घोषणा

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा नेपालसहित चार देशबीच हुने मैत्रीपुर्ण सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले शुक्रबार निरु थापाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीले करिव एक महिनाअघिबाट नियमित प्रशिक्षण गरिरहेको छ । यही २३ सदस्यीय टोलीबाट साफका लागि २० खेलाडी छनोट गरिने प्रशिक्षक हरि खड्काले बताएका छन् । प्रशिक्षक खड्काले मुख्य प्रतियोगिता अघिको यस्तो खालको खेलले टोलीलाई हौसला मिल्ने बताएका छन् ।

चार देशबीचको सिरिज भारतको भुवनेश्वरमा ७ फेब्रुअरीबाट १७ फेब्रुअरीसम्म चल्नेछ । सिरिजमा आयोजक भारत, नेपाल, म्यानमार र श्रीलंकाको सहभागिता रहेको छ । यो प्रतियोगितालाई आसन्न नेपालमै हुने पाँचौ महिला साफ च्याम्पियनसिपको तयारीको रुपमा हेरिएको छ ।

महिला साफ च्याम्पियनसिप विराटनगरमा १२ देखि २२ मार्चसम्म चल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् ।

नेपाली टोली

गोलरक्षकः अन्जना रानामगर, उषानाथ र एन्जिला तुम्वाप्पो सुब्बा ।

डिफेन्डरः हीरा कुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना र मनमाया लिम्बु ।

मिडफिल्डरः बिमला चौधरी, अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी ।

फरवार्डः अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान) र सावित्रा भण्डारी ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.