default_image

5 years ago

January 25, 2019

दक्षिण कोरियालाई हराउँदै कतार सेमिफाइनलमा

एजेन्सी – एसियाको हेभीवेट टोली दक्षिण कोरियालाई पराजित गर्दै कतार एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । जाएद स्पोर्ट्स सिटी रंगशालामा कतार १-० ले विजयी हुँदै पहिलोपटक सेमिफाइनल पुगेको हो । कतारको जितमा ७८ औं मिनेटको गोल नै निर्णायक सावित भयो । कतारका लागि अब्दुलाजिज हातेमले ३० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत […]

28 views

0 Bookmark

एजेन्सी – एसियाको हेभीवेट टोली दक्षिण कोरियालाई पराजित गर्दै कतार एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । जाएद स्पोर्ट्स सिटी रंगशालामा कतार १-० ले विजयी हुँदै पहिलोपटक सेमिफाइनल पुगेको हो ।

Korea Republic vs Qatar during their AFC Asian Cup UAE 2019 Quarter-finals match at Zayed Sports City stadium on 25 January 2019, in Abu Dhabi, UAE. Photo by Stringer / Lagardere Sports

कतारको जितमा ७८ औं मिनेटको गोल नै निर्णायक सावित भयो । कतारका लागि अब्दुलाजिज हातेमले ३० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । कोरियाली स्टार ह्युङ मिन सनको नेतृत्वमा रहेको दक्षिण कोरियाले पहिलो हाफमा एकतर्फी दबाब दिएपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा अड्किएको थियो ।

दोस्रो हाफमा पनि कोरियाले अवसर सदुपयोग गर्न नसक्दा कतारले अग्रता लिएको थियो । कतारले अग्रता लिएलगत्तै कोरियाका ह्वाङ उइ-जोले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइडको निर्णय दिएका थिए ।

कतारले अब सेमिफाइनलमा अष्ट्रेलिया र अयोअजक यूएईबीचको खेलको विजेतासँग खेल्नेछ । कतारले जारी प्रतियोगितामा लगातार ५ खेलमा जित दर्ता गर्ने क्रममा १२ गोल गर्दै कुनै गोल खाएको छैन ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.