7 years ago
January 26, 2019
एजेन्सी – डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली यूएईले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि १–० को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । यूएईलाई सेमिफाइनलमा पुर्याउनका लागि अलि अहमेद मब्खाउटको एकमात्र गोल निर्णायक बन्यो ।
पहिलो हाफमा यूएईले अष्ट्रेलियालाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तर, ६८औं मिनेटमा अलिले गोल गर्दै युएईलाई अग्रता दिलाएका थिए । बाँकी समयमा अष्ट्रेलिया खेलमा फर्किन नसक्दा पराजित भयो ।
यूएई सेमिफाइनलमा प्रवेश गरेसँगै एसियन कपको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा जापान, इरान र कतार प्रवेश गरेका छन् । सेमिफाइनलमा युएइ र कतार तथा इरान र जापानबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]