default_image

7 years ago

January 26, 2019

आहा रारा गोल्डकपको पुरस्कार राशीमा बृद्धि, विजेतालाई ८ लाख १ हजार

136 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशीमा बृद्धि गरिएको जानकारी दिइयो ।

यसपटक हुने १७ औं आरा रारा गोल्ड कपको विजेताले ८ लाख १ हजार र दोस्रो हुने टोलीले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत वर्ष भन्दा विजेताले १ लाख र दोस्रो हुने टोली ले ५० हजार रुपैयाँ बढी पाउनेछ ।

पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले मोफसलको सबैभन्दा चर्चित सो फुटबल प्रतियोगितालाई अझ महत्व दिन पुरस्कार राशीमा बृद्धि गरिएको बताए । प्रतियोगिता फागुन ९ देखि पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै भए पनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लब विगतको साख जोगाइराख्ने पक्षमा छ । प्रतियोगिता सञ्चालनका लागि रंगशाला बाहेक अर्को विकल्प आफूहरुले नसोचेको क्लब अध्यक्ष थापाले बताए । विगतमा जस्तै प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय, विदेशी र आयोजक टिमको सहभागिता हुनेछ ।

विदेशी टोलीको टुंगो लागि नसकेको पनि उनले बताए । विगतमा १२ दिनसम्म हुने प्रतियोगिताको मिति घटेर यसपालि १० दिन तय भए पनि विभिन्न ठाउँमा प्रतियोगिता भइरहेकोले टिम टुंगो लाग्ने बित्तिकै १२ दिनसम्म पनि हुनसक्ने आयोजकको अनुमान छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्यप्रायोजनमा हुँदै आएको सो प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र त्यसमा ३२ लाख रुपैयाँ बचत हुने अनुमान रहेको क्लबका महासचिव विश्वराज बरालले बताए ।

प्रतियोगितामा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी घोषणा गरि ३५ हजार रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ । सर्वाधिक गोलकर्ता, फेयर प्ले पुरस्कार सहित विधागत पुरस्कार समेत प्रदान गरिने बताइएको छ।

प्रतियोगिताको ट्रफी, मेडल, म्यान अफ दी म्याचको पुरस्कार प्रायोजन सहारा यूकेले गरेको छ । सो ट्रफी सहारा युके महासचिव धनु थकालीले प्रतियोगिता मूलआयोजक समिति संयोजक एवं क्लब अध्यक्ष थापालाई हस्तान्तरण गरे ।

क्लबले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी विपन्न तथा कठिन परिस्थितिका २८ जना बालकलाई फुटबल सिकाउँदै आवासीय सुविधा दिएको छ । प्रतियोगिताबाट बचत रकम सोही एकेडेमीमा सदुपयोग गर्दैआएको क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले बताए ।

सहाराको आयोजनामो यो फुटबलको १८ औं संस्करण हो । आहा राराको लगातार यो १७ औं संस्करण भएपनि त्यसअघि क्याराभान गोल्ड कपको नाममा प्रतियोगिता आयोजना गरिएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.