7 years ago
January 26, 2019
सुनिल गाउँले
सिमरा – घरेलु फुटबलका दुई चर्चित क्लब त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब आज रुस्लान १०औं सिमरा गोल्डकप फुटबल प्रतियोगिता उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । आर्मी तेस्रो पटक उपाधि जित्ने दाउमा रहँदा थ्री स्टार भने पहिलो उपाधि उचाल्न चाहन्छ ।

आर्मीले गत वर्ष दोस्रो पटक उपाधि उठाएको थियो । त्यो फाइनलमा थ्री स्टारलाई नै हराएको थियो । आज फेरि एक पटक यी दुई टोलीले एकअर्काको सामना गर्दैछन् । गत महिना पल्सर सहिद स्मारक ए डिभिजन लिगपछि दुवै टोली अलग अलग प्रतियोगिता खेलेर सिमरा पुगेका हुन् ।
आर्मी वीरगन्जमा विशाल मेमोरियल गोल्ड कप जितेर सिमरा पुगेको हो । अर्को तिर थ्री स्टार भने सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कपको फाइनल खेलेर सिमरा गोल्ड कप खेल्न पुगेको हो । दुई दिनपछि यी दुई टोलीबीच इटहरीमा मदन भण्डारी स्मृति गोल्डकपको क्वार्टरफाइनलमा भेट हुनेछ ।
२०७१ को छैठौं संस्करण विजेता आर्मी चौथोपटक सिमरा गोल्डकपको फाइनलमा पुगेको हो । आठौं संस्करणमा भने टोली सिएमजी क्लब संकटासँग पराजित भएको थियो । नव जनजागृति युवा क्लब सिमराको आयोजनामा १० वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो एउटा मात्रै राष्ट्रियस्तरको प्रतियोगिता हो ।
सिमरा गोल्डकपको इतिहासमा सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र आर्मीले समान २ पटक उपाधि उचालेका छन् । यसपटक मनाङको सहभागिता रहने । आजको फाइनलमा थ्री स्टारलाई हराउन सके आर्मी प्रतियोगिताको सबैभन्दा सफल टोली हुनेछ । घरेलु फुटबलका लगभग अधिकांश प्रतियोगिता जितेको थ्री स्टारले भने सिमरा गोल्डकप जित्न सकेको छैन ।
एपीएफलाई ४–२ ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब सिमरालाई १–० ले पराजित गरेको थियो । थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा संकटालाई २–० र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको थियो ।
यसपटक थ्री स्टारका गोलकिपर एलन न्यौपानेको नाममा सर्वाधिक क्लिनसिट रहेको छ । आर्मीका टंक बस्नेत र थ्रीस्टारका फोफाना फोडे समान २ गोलसहित उच्च गोलकर्ताको शीर्षस्थानमा छन् ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली फाइलन जित्दै सिमरा गोल्डकपको शिल्डमा नाम लेखाउने प्रयासमा रहने बताएका थिए ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०/५० हुने बताए । न्यौपाने भन्छन, ‘जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै उपाधि जित्छ । फाइनल पुग्ने दुबै टिम सशक्त हुने भएकाले विशेष रणनीति र मेहनतको जरुरी पर्ने न्यौपानेले बताएका थिए ।
सिमरा गोल्डकपका हाल सम्मका विजेता/उपविजेता
प्रथम संस्करण, २०६६- मजदुर शहिद स्मृति क्लब/गोर्खा व्वाइज बुटवल
दोश्रो संस्करण, २०६७- हिमालयन शेर्पा क्लब/एपिएफ
तेश्रो संस्करण, २०६८- मनाङ मस्र्याङदी क्लब/सहारा क्लब पोखरा
चौथो संस्करण, २०६९- मनाङ मस्र्याङदी क्लब/हिमालयन शेर्पा क्लब
पाँचौ संस्करण, २०७०- नवजनजागृति यूवा क्लब सिमरा/वीरगञ्ज यूनाइटेड
छैठौं संस्करण, २०७१- त्रिभुवन आर्मी क्लब/नेपाल पुलिस क्लब
सातौं संस्करण, २०७२- विजय युथ क्लब हेटौंडा/रुपन्देही ११
आठौं संस्करण, २०७३- सिएमजी संकटा क्लब/त्रिभूवन आर्मी क्लब
नवौं संस्करण, २०७४- त्रिभुवन आर्मी क्लब/थ्रीस्टार क्लब
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]