default_image

7 years ago

January 26, 2019

मेत्री नेत्रालय इटहरी गोल्डकपको सेमिफाइनलमा

116 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

इटहरी रंगशालमा शनिबार क्यामरुनको दाफिन्स फुटबल क्लब टाइब्रेकरमा ४–३ ले हराउँदै मेची नेत्रालय अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा मेची नेत्रालयले बाजी मार्यो ।

पेनाल्टीमा मेचीका लागि नीराजन खड्का, विकास राई, दीप कार्की र निरज बस्नेतले गोल गरे । भुषण लिम्बु भने गोल गर्नबाट चुके । दाफिन्सका लागि नजमा यानिक, वियक, यानिक ओनाले मात्र गोल गर्न सके । जोएन गोला र आरमिल आहान्डाको प्रहार सफल हुन सकेन । दुई वटा पेनाल्टी रोक्ने मेची नेत्रालयका गोलकिपर दीप कार्की म्यान अफ दी म्याच घोषित भए ।

क्यामरुनको दाफिन्स फुटबल टिमले नेपाल आइस सुदुपश्चिम खप्तड गोल्डकपमा पनि पहिलो खेलबाटै बाहिरएको थियो । प्रतियोगितामा आइतबार आयोजक राष्ट्रिय जागृति क्लबल र पल्सर सहिद स्मारक ए डिभिजन लिगको विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.