default_image

7 years ago

January 26, 2019

रुस्लान थ्री स्टारलाई पहिलो पटक सिमरा गोल्ड कप

146 views

0 Bookmark

सुनिल गाउँले
सिमरा – रुस्लान थ्री स्टार क्लब पहिलो पटक रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराउँदै थ्री स्टार पहिलो पटक सिमरा गोल्डकपको च्याम्पियन बनेको हो ।

१० औं संस्करणमा आइपुग्दा पहिलो पटक थ्री स्टार विजेता बन्न सफल भएको हो । सिमरा रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि सडन डेथमा ७–६ ले थ्री स्टार विजयी भएको थियो ।

पेनाल्टी सुटआउटमा थ्री स्टारका गोलकिपर एलन न्यौपानेको प्रदर्शन उत्कृष्ट रह्यो । उनकै खेलको म्यान अफ दी म्याच घोषित भए र १० हजार रुपैयाँ प्राप्त गरे । ६–६ को अवस्थाबाट थ्री स्टारका रञ्जन विष्टको पेनाल्टी निर्णायक बनेको थियो ।

त्यसअघि आर्मीका सुमन अर्यालको प्रहारलाई थ्री स्टारका गोलकिपर एलन न्यौपानेले जोगाएका थिए । एलेनले सुमनसहित ३ खेलाडीको पेनाल्टी रोके । सुरुको नियमित ५ पेनाल्टीमा ४–४ को बराबरी भएको थियो । जसमा आर्मीका दीप लामा, विवेक बस्नेत, भरत खवास र सन्तोष तामाङले गोल गरे । गोलकिपर विकेश कुथुको प्रहारलाई एलेनले रोके ।

त्यस्तै थ्री स्टारका ५ पेनाल्टीमा रुपेश केसी, रञ्जित धिमाल, विक्रम लामा र अनन्त तामाङले गोल गरे । सुनिल विकको पेनाल्टी विकेशले रोके । सडन डेथमा आर्मीका विकास तामाङ र विकास खवास गोल गर्न सफल भए ।

एलनले सुमन आर्याल अघि दीपक गुरुङको पेनाल्टी रोके । थ्री स्टारका दीनेश राजवंशीको प्रहारलाई आर्मीका गोलकिपर विकेशले रोके । तर रञ्जन अघि सुनिल राई र फोफाना फोडे गोल गर्न सफल भए ।

आर्मी तेस्रो पटक सिमरा गोल्ड कप जित्नबाट चुकेको छ । गत वर्ष थ्री स्टारलाई हराएर आर्मीले उपाधि जितेको थियो । अब यी दुई टोलीबीच सोमबार मदन भण्डारी इटहरी गोल्डकपको क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

गत साता थ्री स्टार सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । सिमरा गोल्डकपको विजेता थ्री स्टारले उपाधिसहित ६ लाख र आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।

सिमरा गोल्डकपका हाल सम्मका विजेतारउपविजेता
प्रथम संस्करण, २०६६( मजदुर शहिद स्मृति क्लबरगोर्खा व्वाइज बुटवल
दोश्रो संस्करण, २०६७( हिमालयन शेर्पा क्लबरएपिएफ
तेश्रो संस्करण, २०६८( मनाङ मस्र्याङदी क्लबरसहारा क्लब पोखरा
चौथो संस्करण, २०६९( मनाङ मस्र्याङदी क्लबरहिमालयन शेर्पा क्लब
पाँचौ संस्करण, २०७०( नवजनजागृति यूवा क्लब सिमरारवीरगञ्ज यूनाइटेड
छैठौं संस्करण, २०७१( त्रिभुवन आर्मी क्लबरनेपाल पुलिस क्लब
सातौं संस्करण, २०७२( विजय युथ क्लब हेटौंडाररुपन्देही ११
आठौं संस्करण, २०७३( सिएमजी संकटा क्लबरत्रिभूवन आर्मी क्लब
नवौं संस्करण, २०७४( त्रिभुवन आर्मी क्लबरथ्रीस्टार क्लब
दसौं संस्करण २०७५ थ्री स्टार र त्रिभुवन आर्मी

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.