default_image

7 years ago

January 26, 2019

एबिसीलाई बगर भइ खलक फुटबल उपाधि

124 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – अम्बर सिंह ब्वाइज क्लब (एबिसी) ले आठौं रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


भारतको कोलकत्ता भेट्रानलाई टाइब्रेकरमा ३–२ ले हराउँदै शनिबार एबिसीले उपाधि जितेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा एबिसी भाग्य शाली रह्इो । एबिसीले यो तेस्रो पटक उपाधि जितेको हो । यसअघि २०६८ र २०६९ मा लगातार उपाधि जितेको थियो ।

एबिसीले उपाधि १ लाख र कोलकाले ५० हजा रुपैयाँ प्राप्त गर्यो । आजै एबिसीले चावहिल काठमाण्डौलाई टाइ ब्रेकरमा ३–२ र कोलकत्ता भेट्रानले एक्स पोखरा भेट्रानलाई ४–० ले हराउँदै फाइतल भेट पक्का गरेका थिए ।

एबिसीका सञ्जय गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । एबिसीका रबिन शाही उत्कृष्ट गोलकिपर, कोलकत्ताका शाहिक शिकन्दर उत्कृष्ट रक्षक घोषित भए । कोलकाताका कमल भूनिया ७ गोलसहित उत्क गोलकर्ता बने । उनीहरुले समान ५ हजर रुपैयाँ प्राप्त गरे ।

पोखरा महानगरका मेयर मान बहादुर जिशी, हिम श्री फुड्सका निर्देशक प्रकाश केसी, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, मुख्य प्रायोजकका तर्फ बाट मेजर (रि) खुसीमान गुरुङ एम.भि.ओ र उनकी धर्मपत्नी मञ्जु गुरुङ, बगर भाइ खलक यूकेका भानु गुरुङ, ओम प्रकाश गुरुङ, कुमार गुरुङ, धनु थकाली, तमुधी यूकेका संस्थापक अध्यक्ष मिन गुरुङ लगायतले पुरस्कृत गरे ।

८ गते बाट संचालन भएको प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.