7 years ago
January 29, 2019
इटहरी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटान एफसीलाई २–० ले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिसको जितमा दुवै गोल अभिषेक रिजालले गरेका थिए ।

मोसफलको सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप विजेता पुलिसले पल्सर सहिद स्मारक ए डिभिजन लिगको विजेता सिग्नेचर मनाङ मस्याङ्दी क्लबको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

६१ औं मिनेटमा पहिलो गोल गरेका अभिषेकले अर्को गोल इन्जुरी समयको पहिलो मिनेटमा गरेका थिए । तीर्थ रानाले दिएको पासमा पेनाल्टी बक्सबाट अभिषेकले गोल गरेका थिए । इन्जुरी समयका अभिषेकले अर्को गोल थप्दै भुटानी टोलीको खेलमा फर्कने सम्भावनालाई समाप्त पारका थिए । अभिषेक नै खेलको म्यान अफ दी म्याच भए ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी प्रतियोगितामा बुधबार मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल सेमिफाइनल हुनेछ । शनिबार हुने प्रतियोगिताको फाइनलको विजेताले उपाधिसहित १६ लाख रुपैयाँ जित्नेछ ।




December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]