7 years ago
January 30, 2019
एजेन्सी – सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा कतारले आयोजक संयुक्त अरब इमिरेट्स (युएईं) लाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पहिलोेपटक एसियन कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

मोहम्मेद विन जायद स्टेडियममा भएको खेलमा कतारलाई फाइनलमा पु¥याउन बोउलिम खोउकी, अल्मोइज अली, हसान अल हाइडोज र हामिद इस्मेलले गोल गरे । कतारले खेलको २२औं मिनेटमा बोउलिम खोउकीको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले अक्रम अफिफको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा अक्रम अफिफकै पासमा अल्मोइज अलीले गोल गरेपछि कतारले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

८१औं मिनेटमा हसन अल आइडोजले अक्रम अफिफकै पासमा गोल गरेपछि कतारले खेलमा ३–० को आरामदायी अग्रता बनाएको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका हामिद इस्मेलले गोल गर्दै कतारलाई ४–० को फराकिलो जित दिलाए । हामिद इस्मेल अक्रम अफिफको स्थानमा इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मैदान प्रवेश गरेका थिए ।

खेलको अन्त्यतिर घरेलु टोली युएईं १० खेलाडीमा समेटिएको थियो । ९०औं मिनेटमा कतारका सलिम अल हाजरीलाई युएईंका इस्मेल अहमेदले फल गरेको रेफ्रीले भिएआरको सहायता लिदै सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । घरेलु टोली युएईंले कुनै पनि समय कतारको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।
सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकार पाएको कतारले पछिल्लो केही वर्षयता राम्रो फुटबल खेलिरहेको छ ।अब कतारले उपाधिका लागि चार पटकको च्याम्पियन जापानको सामाना गर्नेछ । जापानले इरानलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको थियो । फाइनल खेल फ्रेब्रुअरी १ मा हुनेछ ।
सर्वाधिक च्याम्पियन जापान पाँचौ उपाधिको खोजीमा रहँदा कतार पहिलो पटक एसियन च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]