default_image

7 years ago

January 30, 2019

आर्मी इटहरी गोल्ड कपको फाइनलमा

127 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब मदन भण्डारी इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टरलाई ४–१ ले हराउँदै आर्मी प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

आर्मीको जितमा मिडफिल्डर सन्तोष तामाङ रहे । सन्तोषले गोल गरेको विवेक बस्नेत र कप्तान भरत खवास समान १ गोल गरे । आर्मीले १२ औं मिनेटमा अग्रता लिएको थियो । पेनाल्टी बक्सको बाहिर पाएको फ्रिकिकलाई सन्तोषले प्रहार गर्दा मेचीका रक्षक ओलु सोला कादिरीले रोक्ने क्रममा आत्मघाती गोल गर्दा विभागिय टोलीले अग्रता लिएको थियो ।

सन्तोषले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । उनले पेनाल्टी बक्स भित्रबाट गोल गरे । खेलाके ५९ औं मिनेटम विवेकले गोल गरे । टंक बस्नेतको क्रसमा भरतले क्रस गरेको बल मेचीक गोलकिपरले रोक्न प्रयार गरे । तर उनी असफल भएपनि रिबाउन्डमा प्राप्त बलमा विवकेले गोल गरेका थिए ।

६१ औं मिनेटमा मेचीका लागिा कप्तान खमिर गिल्स्न कन्दङवाले गोल गरे । दीपेश श्रेष्ठको क्रसमा खमिरले गोल गरेका थिए । इन्जुरी समयमा आर्मीका भरतले गोल गर्दै जितलाई फराकिलो पारेका थिए ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । शनिबार हुने फाइनलको विजेताले उपाधिसहित १६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.