default_image

7 years ago

January 30, 2019

क्यामरुनको दाफिन्स मनकामना कपको क्वाटरफाइनलमा

130 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- क्यामरुनको दाफिन्स फुटबल टोली पोखरामा जारी छैटौ मनकामना केवलकार पोखरा कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


पोखरा रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाइनल खेलमा दाफिन्सले ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

दाफिन्सको जितमा यान्निकले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यान्निकले खेलको २५औं मिनेटमा गोल गरेका थिए । १ गोलले पछि परेपछि च्यासलले गोल फर्काउने बराम्बार प्रयास गरेपनि दाफिन्सका गोलरक्षक प्रिसोले उच्च प्रदर्शन गर्दै च्यासललाई स्तब्ध पारे । प्रिसो नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत बिहीबार ब्रिगेड ब्वाइज र पोखरा–११ बीच खेल हुने आयोजकले जनाएको छ ।
यसअघि मंगलबार एपीएफले हिमालय शेर्पा क्लबलाई २–१ ले परजित गर्दै क्वाट फाइानलमा स्थान बनाइसकेको छ
कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा दुई विदेशी टिमसहित १२ टोलीको सहभागिता रहेको छ । दुई विदेशी टोलीमा जापानको रिस्से विश्व विद्यालय र क्यामरुनको दाफिन्ट फुटबल टोली रहेका छन् । नेपालका मनाङ–मस्र्याङदी, संकटा, थ्री स्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, च्यासल, ब्रिगेड ब्वाइज र आयोजकको पोखरा–११ रहेका छन् ।
विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । पाँच विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार पाउने छन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.