default_image

5 years ago

January 30, 2019

समता शिक्षा र शारदा मावि विजयी

लामोसाँघु (हाम्रो खेलकुद)– प्रथम सेतीदेवी अशोक शंकर स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको दोस्रो दिन बुधबार समता शिक्षा निकेतन र शारदा मावि विजयी भएका छन् । सिन्धुपाल्चोकस्थित लामोसाँघुमा भएको खेलमा समता शिक्षाले बनसाँघु माविलाई सडन डेथमा पराजित भएको थियो । निर्धारित समय १–१ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित समयमा समताका लागि राजकुमार गोलले […]

38 views

0 Bookmark


लामोसाँघु (हाम्रो खेलकुद)– प्रथम सेतीदेवी अशोक शंकर स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको दोस्रो दिन बुधबार समता शिक्षा निकेतन र शारदा मावि विजयी भएका छन् ।


सिन्धुपाल्चोकस्थित लामोसाँघुमा भएको खेलमा समता शिक्षाले बनसाँघु माविलाई सडन डेथमा पराजित भएको थियो । निर्धारित समय १–१ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित समयमा समताका लागि राजकुमार गोलले ४७ औं मिनेटमा र बनसाँघुका सुमन पहरीले ८५ औं मिनेटमा गोल गरेका थिए ।

अर्को खेलमा शारदा माविले महेन्द्रदोय माविलाई १–० ले हराएको थियो । युथ स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा बिहीबार ग्रिनल्यान्ड स्कुल र बलेफीमावि तथा सेतीदेवी मावि र बालशिक्षा माविबीच प्रतिस्पर्धा हुनेछ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.