7 years ago
February 1, 2019
लन्डन (एजेन्सी)– चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सारीले क्लबका उच्च गोलकर्ता इडन हाजार्डलाई क्लब छोड्न चाहेको भए छाडे हुने सल्लाह दिएका छन् । बेल्जियन सुपर स्टारको सम्झौता क्लबसँग अब १८ महिना रहेको छ ।

क्लब भने उनीसँग थप सम्झौताका लागि आतुर छ । तर उनी भने सके सम्म राम्रो अवसरको खोजीमा छन् । उनी खास गरि रियल म्याड्रिड जान चाहेको लामो समयदेखि चर्चा चल्दै आएको छ । यद्दपी चेल्सी भने उनीसँग लामो सम्झौताको पक्षमा छ ।
सार्री पनि हाजार्ड क्लबमै रहुन भन्ने चाहन्छन् । तर, परिस्थिति बदलिएको छ । सारीले भने, ‘उनी २८ वर्षका भए । उनी जान चाहन्छन् भने मलाई लाग्छ उनले जानुपर्दछ ।’
सार्रीले हाजार्डमा युरोपेली खेलाडीमा सबैभन्दा उत्कृष्ट हुने क्षमता रहेको बताएका छन् । ‘उनी कहिले खुसी हुन्छन् । कहिले निराश, उनले भने, मेरो काम उनको क्षमता अनुसारको प्रदर्शन निकाल्ने मेरो प्रयास हुनेछ ।’
हाजार्डले यो सिजन पनि उच्च प्रदर्शन गरिरहेका छन् । उनले प्रिमियर लिगका २२ खेलमा १० गोल गर्नुका साथै १० गोलमा असिस्ट गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]