7 years ago
January 31, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिग अनतरगत बुधबार राति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुल लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले साडियो मानेको गोलबाट खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । तरु, लिभरपुलले उक्त अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ह्यारी मगाएरले लेस्टरका लागि बराबरी गोल फर्काए ।

बिन चिलवलको पासमा मगाएरले बराबरी गोल फर्काएका थिए । लेस्टर विरुद्धको खेलमा ७१ प्रतिशत बल पोजेसन राखेपनि लिभरपुलले त्यसपछि थप गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
बराबरीपछि लिभरपुलले आफ्नो शीर्षता थप बलियो बनाउने मौका गुमाएको छ । यद्दपि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ५ बनाएको छ । लिभरपुलको २४ खेलबाट ६१ अंक पुगेको छ । समान खेलबाटै सिटीको ५६ अंक रहेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]