7 years ago
January 31, 2019
एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ ।

बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइानलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको आधादर्जन गोलमा फिलिपे कौटिन्होले २ तथा इभान राकिटिक, सर्जि रोबर्टाे, लुइस स्वारेज र कप्तान लियोनेल मेस्सीले समान १ गोल गरे ।

१३औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अगैता दिलाए । २७औं मिनेटमा इभर बनेगाले पेनाल्टीमा गोल गर्न नसकेपछि सेभियाले बराबरी गर्ने मौका गुमायो । ३१औं मिनेटमा इभान राकिटिकले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।

५३औं मिनेटमा फिलिपे कौटिन्होले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढ्यो । त्यसको एक मिनेटपछि सर्जि रोबर्टाेले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित तर्फ अघि बढाए । ६७औं मिनेटमा सेभियाका गुइलहेमी एरानाले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए ।

८९औं मिनेटमा लुइस स्वारेजले र इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ६–१ को फराकिलो जित दिलाए ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]