एजेन्सी – डिफेन्डिङ च्याम्पियन युभेन्टस एटलान्टासँग फराकिलो हार बेहोर्दै कोपा इटालिया फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

कोपा इटालिया अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टस एटलान्टासँग ३–० ले पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

एटलान्टालाई सेमिफाइनलमा पु¥याउन डुभान जापाटाले दुई तथा टिमोथी कास्टागनेले एक गोल गरे । घरेलु टोली एटलान्टाले ३७औं मिनेटमा टिमोथी कास्टाग्नेको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यसको दुई मिनेट पछि नै डुभान जापाटाले गोल गरेपछि एटलान्टाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । जापाटाले मारियो पासालिकको पासमा गोल गरेका थिए ।

८६औं मिनेटमा डुभान जापाटाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै एटलान्टालाई ३–० को जित दिलाए ।
