7 years ago
February 1, 2019
म्यानचेस्टर (एजेन्सी)– एन्टोनियो मार्सियलले म्यानचेस्टर युनाइटेडसँगको यात्रालाई थपेका छन् । नयाँ सम्झौतापछि अब उनी सन् २०२५ सम्म ओल्ड ट्राफोडमा रहने भएका छन् । सिजनको सुरुवातमा फ्रान्सेली स्टारका विषयमा विभिन्न चर्चा चलेका थिए ।

युनाइटेडमा उनको भविष्य शंकाको घेरामा परेको थियो । क्लबका पूर्व प्रशिक्षक जोसे माउरिन्होको नजरमा उनी खासै पर्न सकेका थिएनन् । तर, माउरिन्होको यात्रा युनाइटेडमा सिजनको बीचमै टुंगियो । नयाँ प्रशिक्षकको आगमसँगै मार्सियल टोलीका उच्च प्रदर्शनकर्ता मध्ये रहन सफल भए ।
युनाइटेडले मार्सिलयलसँग २०२४ सम्मका लागि सम्झौता भएको औपचारिक घोषणा गरेको छ । त्यसपछि उनले अर्को एक वर्ष क्लबसँगको सम्झौता थप्न सक्ने विकल्प पनि राखिएको छ ।
‘मलाई यो क्लबमा बिताएका हरेक समय महत्त्वपूर्ण छन् ,’ सम्झौतापछि मार्सियलले भनेका छन्, ‘जुन दिन म युनाइटेडमा आबद्ध भए । त्यो दिन देखि आफुलाई क्लबको हिस्सा मानेको छु । क्लबलाई परिवार ठानेको छु । क्लबका समर्थकले देखाएको अपार माया र समर्थनप्रति आभारी छु । ‘
उनले क्लबका सबैलाई धन्यवाद दिएका छन् । ‘म प्रशिक्षण टोलीका हरेक सदस्यलाई धन्यवाद दिन चाहन्छु । जसले मेरो खेललाई अर्को स्तरमा पुर्याउन मद्दत गरेका छन्, ‘उनले थपे, ‘क्लबले आउने दिनमा थ्रुपै सफलता प्राप्त गर्नेछ । म त्यसका लागि पुरा प्रयास गर्नेछु ।’
मोनाकोबाट युनाइटेड पुगेयता उनले १ सय ६२ खेल खेलेका छन् । २०१५ मा लिभरपुलविरुद्ध खेल्दै युनाइटेडबाट डेब्यू गरेका उनले अहिले सम्म ४६ गोल गर्नुका साथै २२ गोलमा एसिस्ट गरेका छन् ।
युनाइटेडका नयाँ प्रशिक्षक ओले गुनार सोल्सजरले मार्सियलसँगको नयाँ सम्झौताप्रति खुसी व्यक्त गर्दै प्रतिभावान यी खेलाडीसँग हरेक प्रशिक्षकले काम गर्न चाहने बताएका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]