7 years ago
February 1, 2019
एजेन्सी – फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा रियल मड्रिडले जिरोनालाई ३–१ ले पराजित गर्दै कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले समग्रमा ७–३ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

रियलले पहिलो लेगमा ४–२ को जित निकालेको थियो । रियलका लागि अर्काे गोल मार्काेस लोरेन्टेले गरे । जिरोनाका पेड्रो पोर्राेले एक गोल फर्काए ।
जिरोनाको मैदानमा बिहीबार राति भएको खेलमा रियलले खेलको २७औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता बनाएको थियो । बेन्जेमाले ड्यानियल कार्भाहलको पासलाई गोलमा परिणत गरेका थिए । ४३औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले ब्राजिली युवा खेलाडी भिनिसियस जुनियरको पासलाई गोलमा परिणत गरेका थिए ।

७१औं मिनेटमा जिरोनाका युवा खेलाडी पेड्रो पोर्राेले गोल गर्दै खेललाई २–१ मा ल्याए । ७६औं मिनेटमा मार्काेस लोरेन्टेले ड्यानियल सेवालेसको पासलाई सदुपयोग गर्दै रियललाई ३–१ को जित दिलाए ।
यससँगै कोपा डेल रेको सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । अब रियलले रियल बेटिससँग खेल्नेछ । अर्काे सेमिफाइनलमा बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]