7 years ago
February 1, 2019
पोखरा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज (बीबीसी) पोखरामा छैटौ मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा कप फुटबल खेलको तेश्रो प्रि क्वाटरमा आयोजक पोखरा ११ ब्रिगेड ब्याइज क्लब संग १–० गोलले पराजित हुँदै बाहिरिएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा बीबीसीले घरेलु टोली पोखरा–११ लाई १–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । बीबीसीलाई क्वाटर फाइनलमा पु¥याउन विदेशी खेलाडी काजिम बुसारीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक बनेको खेलमो ७२औं मिनेटमा बुसारीले गोल गरेका थिए । मनोज राईको प्रहार पोखरा ११ का गोलरक्षक अजित पराजुलीको हात बाट फुस्किदा काजिमको पहिलो प्रयास भने डिफेन्सले बचाएका थिए । रिवाउण्डमा आएको बललाई डि बक्स भित्रै रहेका काजिमले गोलमा परिणत गरे । सोही गोल नै बीबीसीको जितमा पर्याप्त बन्यो । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
खेलमा दुबै टिममा फिनिसिङको कमजोरी देखिएपनि २८ औं मिनेटमा पोखरा ११ का बिनोद गुरुङको प्रहार बार नजिक बाट बाहिरिएको थियो । ६२ औं मिनेटमा रन्दिप पौडेलको क्रसलाई हेड मार्फत गोल गर्ने जय गुरुङको प्रयासलाई लक्की कार्कीले बचाउ गरे ।
शनिबारको खेलमा तेश्रो उपाधी बिजेता नेपाल पुलिसले संकटाको सामना गर्ने भएको आयोजक एन्फा कास्कीले जनाएको छ । रंगशालामा हुने प्रतियोगितामा दुई विदेशी टिमसहित १२ टोलीको सहभागिता रहेको छ।
दुई विदेशी टोलीमा जापानको रिस्से विश्व विद्यालय र क्यामरुनको दाफिन्ट फुटबल टोली रहेका छन् । नेपालका मनाङ–मस्र्याङदी, संकटा, थ्री स्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, च्यासल, ब्रिगेड ब्वाइज र आयोजकको पोखरा–११ रहेका छन् ।
विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । पाँच विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार पाउने छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]