default_image

7 years ago

February 3, 2019

रियल र बार्सिलोना चार सातामा तीनपटक आमने–सामने हुने

109 views

0 Bookmark

एजेन्सी – स्पेनका दुई महारथी क्लब रियल मड्रिड र बार्सिलोना चार सातामा तीनपटक आमने समाने हुने भएका छन् ।

स्पेनिस कोपा डेल रे ले सेमिफाइनलका लागि शुक्रबार निकालेको ‘ड्र’ अनुसार रियल र बार्सिलोना भिड्ने पक्का भएपछि चार सातामा तीपटक आमने सामने हुने पक्का भएको हो ।

कोपा डेल रे को पहिलो लेग फेब्रुअरी ६ तारिखमा बार्सिलोनाको घरेलु मैदानमा तथा दोस्रो लेग रियलको मैदानमा २७ फेब्रुअरीमा हुदैछ । स्पेनिस ला लिगाका लागि २ मार्चमा खेल्ने तालिका तय भैसकेको थियो ।

रियल र बार्सिलोनाबीचको खेललाई (एल क्लासिको) को रुपमा लिने गरिन्छ । ला लिगाको पहिलो राउन्डमा बार्सिलोनाले लुइस स्वारेजको ह्याट्रिक मद्दतमा रियल मड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।

रियलले यो सिजन निकै खराव प्रदर्शन गरेपछि पछिल्लो चार खेलमा शतप्रतिशत जित निकालेको छ । यता ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले यो सिजन राम्रो खेल पस्किरहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.