default_image

7 years ago

February 2, 2019

मनाङलाई पराजित गर्दै आर्मी इटहरी गोल्डकप च्याम्पियन

231 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग च्याम्पियन तथा साविकको उपविजेता सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको मदन भन्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शनिबार भएको फाइनलमा आर्मीले मनाङलाई २–० ले पराजित गर्दै इटहरी गोलडकप च्याम्पियन बन्न सफल भएको हो । आर्मीलाई च्याम्पियन बनाउन टंक बस्नेत र कप्तान भरत खवासले गोल गरे ।
इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

मैदानको मध्यधागबाट एक प्रयासमा टंकले दुई डिफेन्डरलाई बिट गर्दै सुन्दर गोल गरेका थिए । त्यसपछि दुवै टोेलीले गोल गर्ने प्रयास गरेपनि गोल गरेपनि पहिलो हाफमा आर्मीले १–० को अगता लिन सफल भयो ।

७०औं मिनेटमा मनाङ १० खेलाडीमा समेटियो । मनाङका ओलावाले आफिजले आर्मीका गोलरक्षक विकेश कुथुलाई फल गरेपछि रेफ्री सुदिश पाण्डले रातो कार्ड देखाउदै मैदान बाहिर पठाए । त्यसपछि आर्मीले त्यसको फाइदा उठाउँदै अर्काे गोल गर्दै आर्मीलाई उपाधि पक्का गर्यो । आर्मीका कप्तान भरत खवासले इन्ज्युरी समयमा गोल गर्दै आर्मीलाई २–० को जित दिलाए ।

यससँगै आर्मीले यो सिजन तीन फाइनल खेल्दै दोस्रो उपाधि जित्न सफल भयो । वीरगन्जमा भएको विशाल मेमोरियल गोल्डकप जितेको आर्मी त्यसपछि रुस्लान सिमरा गोल्डकपको फाइनलमा रुस्लान थ्री स्टारसँग चुकेको थियो । यता, लिग च्याम्पियन तथा साविकको उपविजेता मनाङ लगातार दोस्रो संस्करणमा पनि उपविजेतामा सीमित बन्न पुग्यो । मनाङ सिजनको पहिलो उपाधि जित्नबाट वञ्चित रह्यो ।

च्याम्पियन बनेसँगै आर्मीले १६ लाख रुपैया हात पार्यो । दोस्रो भएको मनाङले ८ लाख रुपैयाँमा चित्त बुझायो । आर्मीका टंक बस्नेत प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ४२ इन्चको एक थान टीचीसँगै २५ हजार रुपैया हात पारे । व्यक्तिगत विधातर्फ आर्मीले वर्चस्व जमायो । व्यक्तिगत विधातर्फका विजेताले जनही २०–२० हजार रुपैया हात पारे । उदियमान खेलाडी बनेका राष्ट्रिय जागृतिका उमेश राईले २४ इन्चको एक थान टिभी हात पारे । सर्वाधिक गोलकर्ता बनेका आर्मीका भरत खवासले २५ हजार रुपैया पायो ।
राष्ट्रिय जागृति युवा क्लबको आयोजनामा १२ माघबाट शुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

गोल्डकपका सर्वाेत्कृष्ट
सर्वाेत्कृष्ट खेलाडीः टंक बस्नेत (आर्मी)
गोलरक्षकः विकेश कुथु (आर्मी)
डिफेन्डरः सुरज विक (मनाङ)
मिडफिल्डरः सन्तोष तामाङ (आर्मी)
फरवार्डः भरत खवास (आर्मी)
प्रशिक्षकः चुन बहादुर थापा (आर्मी)
उदियामान खेलाडीः उमेर राई (राष्ट्रिय जागृति क्लब)
सर्वाधिक गोलकर्ताः भरत खवास (आर्मी)

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.