default_image

5 years ago

February 3, 2019

मेस्सीले बार्सिलोनालाई हारबाट जोगाए

एजेन्सी – कप्तान लियोनेल मेस्सीले दुई गोल गर्दै क्याटलान क्लब बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँगको हारबाट जोगाएका छन् । ला लिगा अनतरगत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा बार्सिलोनाले २–० ले पछि परेको स्थितिमा उल्ट्याएर बराबरीको नतिजा निकालेको हो । बार्सिलोनाका लागि दुवै गोल कप्तान लियोनेल […]

46 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले दुई गोल गर्दै क्याटलान क्लब बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँगको हारबाट जोगाएका छन् । ला लिगा अनतरगत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा बार्सिलोनाले २–० ले पछि परेको स्थितिमा उल्ट्याएर बराबरीको नतिजा निकालेको हो । बार्सिलोनाका लागि दुवै गोल कप्तान लियोनेल मेस्सीले गरे । भ्यालेन्सियाका लागि केभिन गेमेरियो र ड्यानियल पारेजोले गोल गरे ।

रोड्रिगोको पासमा केभिन गेमेरियोले खेलको २४औं मिनेटमा भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । ३२औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । बार्सिलोनाका सर्जि रोबर्टाेले ड्यानियल वासलाई बक्सभित्र लडाएपछि भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । जसलाई ड्यानियल पारेजोले सदुपयोग गरे ।

३९औं मिनेटमा लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २–१ को अवस्थामा ल्याए । ६४औं मिनेटमा मेस्सीले आर्टुरो भिडालले पासमा गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै बार्सिलोनाको २२ खेलबाट ५० अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानका एट्लेटिको मड्रिडसँग ६ अंकको अग्रता लिन सफल भएको छ । भ्यालेन्सिया ३० अंक जोडेर सातौ स्थानमा रहेको छ ।

ला लिगाका अन्य खेलका नतिजाहरु
लेभान्टे विरुद्ध गेटाफे (०–०)
रियल सोसिडाड विरुद्ध एथलेटिक बिल्वाओ (–१)
सेल्टा डि भिगो विरुद्ध सेभिया (–०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.