default_image

7 years ago

February 3, 2019

थ्री स्टारलाई स्तब्ध बनाउदै एपीएफ पोखरा कपको सेमिफाइनलमा

100 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – उपाधिको दाबेदार मध्येको एक ललितपुरको रुस्लान थ्री स्टार क्लबलाई स्तब्ध बनाउदै विभागीय नेपाल एपीएफ क्लब छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको पहिलो क्वाटरफाइनलमा थ्री स्टार एपीएफसँग १–० ले स्तब्ध हुदै पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरयो ।

खेलको सुरुमै सम्हालिन नपाउदै सन्तोष श्रेष्ठले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । त्यसपछि थ्री स्टारले खेलमा पकड जमाएपनि एपीएफको बलियो रक्षापङ्ति तोड्न नसक्दा पहिलो खेलबाटै बाहिरिन पुग्यो । यता, एपीएफल लिएको अग्रता खेलको अन्त्यसम्म बचाइराख्न सफल भयो । उत्कृष्ट प्रदर्शन गरेका एपीएफका डिफेन्डर रमेश दंगाल खेलको म्यान अफ दि म्याच घोषित भए ।

आयोजक कास्की जिल्ला फुटबल संघका अनुसार सोमबार त्रिभुवन आर्मी क्लब र डाफिन्स फुटबल परिवार क्यामरुनबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.