एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा रोमा र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा रोमा र मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदानमा रोमाले पछि परेको स्थिति उल्ट्याएर बराबरी खेलेको हो । क्रिस्टोफ पियाटिकको गोलबाट मिलानले २६औं मिनेटका शुरुवाती अग्रता बनाएको थियो । उनले लुकासको पासमा गोल गरेका थिए ।
दोस्रो हाफको शुरुमै रोमाका निकोलो जानीओलोको गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
बराबरीपछि मिलान ३६ अंकसहित चौथो तथा रोमा ३५ अंकसहित पाँचौ स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको युभेन्टसको ६० अंक रहेको छ ।