default_image

7 years ago

February 4, 2019

ब्वाइज युनियनलाई डिभाइन वाइनको साथ निरन्तर

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकु)– सहिद स्मारक बी डिभिजन लिगको ब्वाइज युनियन क्लबलाई डिभाइन वाइनले निरन्तर प्रायोजन गरेको छ । पछिल्लो तीन बर्षदेखि क्लबलाई प्रायोजन गर्दै आएको डिभाइनले अर्को एक वर्षका लागि सोमबार सम्झौता गरेको छ ।

ए डिभिजन लिगको पूर्व विजेता क्लबका अध्यक्ष निरजबहादुर राउत तथा डिभाइन वाइनको उत्पादक श्री महाकाली वाइन प्रालीका प्रबन्ध निर्देशक सन्तोष खड्काले सम्झौत पत्रमा हस्ताक्षर गरेका थिए ।

१ वर्षका लागि डिभाइन वाइनले क्बलाई १० लाख रुपैयाँ उपलब्ध गराउनेछ । सोही अवसरमा महाकालीका प्रबन्ध निर्देशक खड्काले ब्वाइज युनियन क्लबका अध्यक्ष राउतलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

क्लबको नाम अब डिभाई ब्वाइज युनियन क्लब रहनेछ । क्लबले आउने एक वर्ष सोही नाममा प्रतियोगिताहरुमा सहभागिता जनाउनेछ । प्रतियागिताहरुमा क्लबका खेलाडीले जर्सीमा डिभाइनको लोगो प्रायोग गर्नुपर्नेछ । सोही अवसरमा क्लबको जर्सी पनि प्रदर्शन गरिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्लबले आफ्नो प्रतिष्ठालाई पुर्नजिवित गर्नेगरि काम अघि बढाईरहेको आफुले महसुस गरेको बताए । ‘ब्वाइज युनियले आफ्नै भवन बनाएको छ । वडाको सहयोगमा मैदान बनाउने क्रममा देख्दा खुसी लाग्छ,’ उनले भने,‘ एन्फाले कस्तो सहयोग गर्नुपर्छ हामी त्यसका लागि तयार छौं ।’

२०३२ सालमा ए डिभिजन लिग च्याम्पियन बनेको ब्वाइज युनियनले त्यहि वर्ष महेन्द्र गोल्ड कप जितेको थियो । क्लबका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक समेत रहेका भारतीय फुटबल टोलीका पूर्व स्टार श्याम थापाले पनि खेलेका थिए ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.