default_image

7 years ago

February 4, 2019

डाफिन्ससँग आर्मीको लज्जास्पद हार

129 views

0 Bookmark


पोखरा (हाम्रो खेलकुद)- यो सिजन तीन प्रतियोगिताको फाइनल खेलेर दुई उपाधि जित्न सफल विभागीय त्रिभुवन आर्मी क्लबले सोमबार छैटौ संस्करणको मनकामना पोखरा कपमा डाफिन्स परिवार क्यामरुनसँग लज्जास्पद हार बेहोरेको छ ।

तस्बिर सौजन्य: राम गुरुङ

पोखरा रंगशालामा सोमबार भएको खेलमा दोस्रो रोजाईको टोली उतारेको आर्मीले डाफिन्स परिवारसँग ४–१ को लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरियो । डाफिन्सले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । आर्मी पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा थप तीन गोल खान पुग्दा १ गोल फर्काउन सफल भयो ।

डाफिन्सको जितमा यान्निक ओओनाले २ तथा आर्मेल आहन्दा र ओको बोटाले समान १–१ गोल गरे । आर्मीका विवेक बस्नेतले एक गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा यान्निक ओओनाले गोल गर्दै डाफिन्सलाई अग्रता दिलाएका थिए ।

६०औं मिनेटमा दिदेर टिनाको पासमा यान्निक ओओनाले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनायो । ६९औं मिनेटमा आर्मेल आहन्दाले गोल गरे । इन्ज्युरी समयको गरिएको पहिलो मिनेटमा ओको बोटाले गोल गर्दै डाफिन्सको जित पक्का गरे । तर, इन्ज्युरी समयमै आर्मीका विवेक बस्नेतले गोल गरेपनि खेलमा फर्कन निकै ढिला भएको थियो ।

आर्मीका प्रशिक्षक गंगा देउजाले पहिलो रोजाईका खेलाडीलाई भुटान जानुपर्ने भएकोले विश्राम दिदा दोस्रो रोजाईको खेलाडीबाट नतिजा निकाल्न नसकिएको बताए ।
मंगलबार जापानको रिस्सो विश्वविद्यालय र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजक एन्फा कास्कीले जनाएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.