default_image

7 years ago

February 4, 2019

झापा स्पोर्टस अवार्डको मनोयनमा फुटबलको दबदबा

170 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)- – यसै साता आयोजना हुने झापा स्पोर्टस् अवार्ड २०७४ का खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।


नेपाल खेलकुद पत्रकार मञ्चको झापा समन्वय शाखाको प्रतिभा छनोट समितिले पत्रकार सम्मेलनमार्फत खेलाडी र प्रशिक्षकको गरि चार विद्याको मनोनयन सार्वजनिक गरेको हो ।
स्वर्गिय आशिषविक्रम नेम्बाङको स्मृतिमा गत वर्षदेखि सुरु झापा स्पोर्टस् अवार्डमा यसवर्ष फुटबल खेलबाट बढी मनोनयमा परेका छन् ।

मञ्चका सचिव पर्वत पोर्तेलको संयोजकत्वमा रहेको छनोट समितिले गरेको मनोनयमा वर्ष उत्कृष्ट खेलाडी (पुरुषमा फुटबलका विशाल राई बी, अनन्त तामाङ र नवयुग श्रेष्ठ मनोनयनमा परेका छन् । उनीहरु तीनै जना राष्ट्रिय टोलीका सदस्य हुन् । नवयुग इलामका तथा अनन्त र विशाल झापाका हुन् ।

जुडोकी देविका खड्का, करातेकी एस्तर राई र फुटबलकी अन्जिला सुब्बा वर्ष उत्कृष्ट खेलाडी महिलाको मनोनयमा परेका छन् । एपिएफकी देविका र एस्तर झापाका हुने भने महिला फुटबल राष्ट्रिय टोलीकी गोलकिपर अन्जिला इलामकी हुन् ।

सह संयोजक हिमाल खरेल रहेको समितिले तयार पारेको मनोनयनको वर्ष उत्कृष्ट युवा खेलाडीमा ताप्लेजुङकी एथलेटिक्स खेलाडी सविता कार्की , एथलेटिक्सकै प्रकाश दुनावार र फुटबलकी सम्झना लावती छन् । प्रकाश र सम्झना झापाका हुन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ जुडोका गंगा खड्का, क्रिकेटका विरु श्रेष्ठ र बक्सिङका डम्बर लिम्बू मनोनयनमा परेका छन् । तीनै जना प्रशिक्षक झापाका हुन् ।

समितिले यसवर्षदेखि गर्न लागेको लाइफटाइम अचिभमेन्ट अवार्ड र पिपुल्स च्वाइज प्लेयरको निश्चित भइनसकेको उल्लेख गर्दै अवार्डकै दिन शनिबार सार्वजनिक गर्ने जनाएको छ । अवार्ड बिर्तामोडस्थित आदर्श व्याङ्क्वेटमा हुने बताइएको छ ।

उत्कृष्ट खेलाडी पुरुषले मोटरसाइकल र महिलाले स्कुटी प्राप्त गर्नेछन् । युवा, प्रशिक्षक र पिपुल च्वाइज प्लेयरले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । लाइफटाइम अचिभमेन्टले भने ३५ हजार रुपैयाँ पाउने बताइएको छ ।

पुरस्कार राशि एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्रदान गर्नेछन् भने मोटरसाइकल र स्कुटी झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले प्रायोजन गरेका हुन् ।

एनएसजेएफ झापाका अध्यक्ष रमेश समदर्शी राईका अनुसार अवार्डको तयारी अन्तिम पुगेको छ । आर्थिक उपसमितिका संयोजक बुद्ध तामाङले अवार्डका लागि झन्डै ५ लाख ५० हजार रुपैयाँ खर्च हुने बताए ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.