7 years ago
February 5, 2019
एजेन्सी – शीर्षस्थानमा रहेको लिभरपुल वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएसँगै इंग्लिस प्रिमियर लिगको उपाधि होड खुल्ला बनेको छ ।

प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले सुरुमै लिएको अग्रता जोगाउन नसक्दा वेस्टह्यामसँग १–१ को बराबरीमा रोकिएको हो । यससँगै प्रिमियर लिगको उपाधि होड खुल्ला बनेको छ ।
वेस्टह्यामलाई पराजित गर्न सकेको भए लिभरपुलले ५ अंकको अग्रता बनाउने थियो । तर, बराबरीपछि ३ अंकको मात्रै अन्तर भएको छ । लिभरपुलको २५ खेलबाट ६२ अंक रहेको छ । दोस्रो स्थानको सिटीको समान खेलबाटै ५९ अंक रहेको छ ।
अब सिटीले बिहीबार राति एभर्टनसँग खेल्दैछ । यो खेलमा सिटीले एभर्टनलाई पराजित गर्न सके कम्तीमा दुई दिनको लागि सिटी पुनः शीर्षस्थानमा फर्कनेछ । अंक बराबरी भएपनि सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्नेछ । लिभरपुलले शनिबार बर्नमाउथसँग खेल्दैछ ।
लिभरपुल पछिल्लो दुई खेलमा बराबरीमा रोकिएको हो । लिभरपुल यसअघि लेस्टर सिटीसँगै १–१ गोलको बराबरीमा रोकिएको थियो । यता, सिटीले पछिल्लो दुई खेलमा न्यु क्यासलसँग २–१ ले पराजित भएपनि अर्काे खेलमा आर्सनललाई ३–१ को हार चखाउदै उपाधि होडमा फर्किएको थियो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]