default_image

7 years ago

February 5, 2019

एसी मिलान जुनियर क्याम्प चैत अन्तिम साता

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- इटालियन क्लब एसी मिलान फुटबल क्लबको दोस्रो संस्करणको जुनियर क्याम्प चैत अन्तिम साता आयोजना हुने भएको छ ।

एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका आयोजना तथा वान अप प्रालिको व्यवस्थापनमा दोस्रो संस्करणको जुनियर क्याम्प आउदो चैत २४ गतेबाट ३० गतेसम्म एक साताका लागि आयोजना हुने जानकारी गराएको हो ।

कार्यक्रम संयोजक थम्मन भुषालले जुनियर क्याम्पमा फस्ट कम फस्टको आधारमा करिव १ सय जनाको सहभागिता रहन सक्ने बताएको छ । क्याम्पमा प्रशिक्षण दिन इटालीबाटै प्रशिक्षकहरु नेपाल आउने र उनीहरुलाई नेपालका सहायक प्रशिक्षकहरुले पनि साथ दिनेछन् । क्याम्पमा सहभागिता जनाउने खेलाडीहरुको पूर्ण विवरणपछि नै इटालीबाट प्रशिक्षकहरु आउनेछन् ।

उत्कृष्ट एक खेलाडीलाई एसी मिलानकै क्याम्पमा प्रशिक्षणका लागि सामेल गराइने संयोजक भुषालले बताए । क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ । एसी मिलानको क्याम्प दुई वर्षअघि भएको थियो त्यतिबेला १२५ जनाले प्रशिक्षण लिएका थिए ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.