7 years ago
February 6, 2019
पोखरा (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब पोखरामा जारी छैटौ मनकामना पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी ब्रिगेड ब्वाइज (बिबिसी) लाई टाइब्रकेरमा ५–४ ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जसमा मनाङले बाजी मारेको हो । मनाङका कप्तान सुजल श्रेष्ठ, हेमन गुरुङ, कमल श्रेष्ठ, सुरज विके र प्रकाश बुढाथोकी सबैले गोल गरे ।
बिबिसीकासुरज ज्यु ठकुरी, रन्दिप पौडेल, जय गुरुङ र मनोज राईले गोल गरे । सुरुमै पेनाल्टी हानेका पदम भट्टराईको प्रहार मनाङका गोलकिपर विशाल राईले रोके ।
पोखरा रंगशालामा त्यसअघि १६ औं मिनेटमा रितिक खड्काको गोलबाट बिबिसीले खेलमा अग्रता लिएको थियो । ६७औं मिनेटमा मनाङका बिमल रानाले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । बिबिसीले १० खेलाडीमा सिमिति हुँदै खेलको अन्त्य गरेको थियो ।
पेनाल्टी बक्सबाहिर मनाङका खेलाडीलाई फाउल गरेपछि रेफ्रीले गोलकिपर लक्की कार्कीलाई रातो कार्ड देखाएपछि बिबिसी १० खेलाडीमा सिमित भएको थियो । मनाङका गोलरक्षक विशाल श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । मनाङले फाइनल प्रवेशका लागि डाफिन्स फुटबल परिवार क्यामरुनको सामना गर्नेछ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा जापानको रिस्सो युनिभर्सिटी र विभागीय नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनकामना पोखरा कपको विजेताले उपाधि ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]