default_image

7 years ago

February 7, 2019

घटुवा-बढुवा बिनाको बी डिभिजन शुक्रबारदेखि, विजेतालाई ८ लाख

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । यसअघि आयोजना गरिएको शीर्ष डिभिजन लिग जस्तै बी डिभिजनमा पनि घटुवा र बढुवा हुने छैन ।

प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाखमा चित्त बुझाउनेछन् । तेस्रो र चौथो स्थान हासिल गर्नेले क्रमश: ३ लाख र २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । दुवै समूहको पुछारमा रहने टोलीले अर्को सिजन १ अंक गुमाउनेछन् ।

सहभागी तोइलाई दुई समूहमा विभाजन गरेर सिंगल राउण्ड रोबिनमा पहिलो चरण खेलाइनेछ । दुवै समुहका शीर्ष दुई टोली दोस्रो चरणका लागि छनोट हुनेछन् । दोस्रो चरणमा चार टोलीले एकआपसमा खेल्नेछन् । दोस्रो चरणमा सबै टोलीले शुन्य अंकबाट सुरुवात गर्नेछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, रानीपोखरी कर्नर टिम, श्री कुमारी क्लब, सातदोबाटो युवा क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् । समूह ‘बी’ मा टुसाल युवा क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मध्यपुर युथ एसोसियसन, खुमलटार युवा क्लब, बाँसबारी क्लब र श्री भगवती क्लबले प्रतिसपर्धा गर्नेछन् ।

सहभागी प्रत्यक टोलीलाई एन्फाले तयारीका लागि ७ लाख रुपैयाँ प्रदान गर्नेछ । प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लब भिड्नेछन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.