7 years ago
February 8, 2019
म्याड्रिड (एजेन्सी)– ब्राजिलियन स्टार नेयमारको जन्म दिनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्का स्टार फ्रान्सेली केलियन एमबाप्पले रातो सुट र सेतो टिसर्टमा सजिएर नाचेका थिए ।

त्यहि फोटो एमबाप्पले इन्स्टाग्राम पोष्ट गरेका थिए । उक्त पोष्टमा उनका फ्रान्सेली सहकर्मी एवम् असल मित्र मध्येका एक एन्टोइन ग्रिजम्यानले कमेन्ट गरेका छन् । ग्रिजम्यानले रातो र सेतो लगालाई लिएर मौकाका रुपमा लिदै एट्लेटिको म्याड्रिडमा आबद्ध हुन आग्रह गरेका छन् ।
सयौंले एमबाप्पेको तस्बिरमा कमेन्ट गरेका छन् । तर, ग्रिजम्यानले भने उनले लगाएको लुगा र एट्लेटिको जर्सीको रंग एउटै भएको प्रसंग कोट्याएका छन् । ग्रिजम्यानले भनेका छन्, एट्लेटिको आउ र म सँगै खेल ।
गत सिजनयता पिएसजी पुगेका एमबाप्पेले क्लब फुटबलदेखि राष्ट्रिय टोलीबाट उच्च प्रदर्शन गरिरहेका छन् । विश्वकपका उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका एमबाप्पे र ग्रिजम्यान दुवैले विश्वकपमा उच्च प्रदर्शन गरेका थिए । अहिलेको विश्व फुटबलमा एमबाप्पे चर्चामा रहेका खेलाडी हुन् ।
ग्रिजम्यानले एट्लेटिको आउन आग्रह गरेपनि एमबाप्पले त्यहाँ जाने सम्भावना न्यून छ । अब एमबाप्पले ग्रिजम्यानको कमेन्टमा कस्तो प्रतिक्रिया दिनेछन् त्यो भने कौतुहलताको विषय बनेको छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]