default_image

7 years ago

February 8, 2019

साफअघि नै महिला टोलीको परिक्षा

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोली पछिल्लो समय लगातार प्रशिक्षणमा व्यस्त छ । फाल्गुन मसान्तमा विराटनगरमा सुरु हुने महिला साफ च्याम्पियनसिपको तयारीका लागि टोली अहिले भारतको भुवनेश्वरमा हुने हिरो गोल्ड कपमा सहभागिता जनाउँदै छ । तयारीको हिसाबले यो नेपाली महिला टोलीको लागि अहिलेसम्मकै उत्कृष्ट व्यवस्था हो ।

लामो समय बन्द प्रशिक्षणमा रहेको टोलीले साफ अगाडी आफूभन्दा बलिया टोलीविरुद्ध प्रतियोगिता खेल्न पाउनु निकै फाइदाजनक हुने देखिन्छ । हिरो गोल्डकपमा आयोजक भारतसँगै नेपालले म्यानमार र इरानको सामना गर्दैछ । फिफा विश्व वरियता हेर्दा नेपाल १ सय ८ औं स्थानमा छ भने भारत ६२ औं, इरान ६० औं र म्यानमार ४४ औं स्थानमा छन् ।

नेपाललाई आफूभन्दा माथिल्लो स्तरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै साफको लागि बलियो आधार निर्माण गर्ने अवसर छ । भुवनेश्वरकै वातावरणसँग अभ्यस्त हुन टोली एक साताअघि नै झापा पुगेर प्रशिक्षण गरेको छ ।

सावित्रा भण्डारी (बीच) बल बढाउँदै

नेपालले गत नोभेम्बरमा म्यानमारमा भएको ओलम्पिक छनोटमा भारत र म्यानमारविरुद्ध बराबरी खेलेको थियो । तीन खेलमा तीन बराबरी गर्दै ऐतिहासिक रुपमा दोस्रो चरणमा छनोट भएको नेपालले त्यसयता पनि लगातार प्रशिक्षण गरेको छ ।

यसबीचमा घरेलु प्रतियोगिताको रुपमा प्रधानसेनापति कपमा समेत खेलाडीले प्रतिस्पर्धा गरे । त्यसलगत्तै टोलीमा केहि परिवर्तन गरेर अहिले टोली भारत पुगेको हो । यसपटक टोलीमा केहि नयाँ अनुहार पनि छन् । यू-१९ टोलीका केहि खेलाडीले पनि टोलीमा स्थान बनाएका छन् । समग्रमा टोलीमा युवा खेलाडीको नै बाहुल्यता रहेको छ ।

डिफेन्डर पुजा राना (५) र मन्जली कुमार योन्जन

नेपालले फाल्गुन अन्तिम साता सुरु हुने साफ च्याम्पियनसिप सकिएको एक साताको अन्तरमा नै ओलम्पिक छनोटको दोस्रो चरण पनि खेल्नेछ । यद्यपि दोस्रो चरण कहाँ हुने भन्ने अहिलेसम्म पक्का भएको छैन । दोस्रो चरणमा छनोट भएका १२ टोलीलाई ३ समूहमा विभाजन गरिनेछ र प्रत्यक समूहका शीर्ष टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

दोस्रो चरणमा नै नेपालले आफूभन्दा बलिया टोलीहरुको सामना गर्नुपर्ने छ । तर लगातार उच्च स्तरको खेलहरुमा प्रतिस्पर्धा गरिरहेको नेपालले अर्को सफलता हात पार्ने सम्भावना पनि छ । छनोटको पहिलो चरणमा म्यानमार र भारतविरुद्ध बराबरी खेलेपनि नेपालको प्रदर्शन राम्रो रहेको थियो ।

गोलरक्षक अन्जना रानामगर प्रशिक्षणका क्रममा

नेपालले शनिबार सुरु हुने हिरो गोल्डकपको पहिलो खेलमा म्यानमारको सामना गर्दैछ । पछिल्लो खेलमा बराबरी खेलेपनि नेपालले अनुकुल नतिजा हात पार्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । खेल नेपाली समयानुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ । दोस्रो खेलमा आयोजक भारतसँग सोमबार साँझ ७:१५ खेल्नेछ ।

समूह चरणको अन्तिम खेलमा इरान र नेपाल बुधबार ४:१५ बजे भिड्नेछन् । नेपाल शीर्ष दुई स्थानमा आएको खण्डमा फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको सम्पूर्ण खेल कालिंगा रंगशालामा हुनेछ । यस प्रतियोगितामा सहभागी २३ खेलाडी मध्यबाट साफ च्याम्पियनसिपका लागि अन्तिम २० खेलाडीको नाम घोषणा हुनेछ ।

प्रशिक्षक हरि खड्का

नेपाली टोली :
गोलरक्षकः अन्जना रानामगर, उषा नाथ, एन्जिला तुम्वाप्पो सुब्बा ।
डिफेन्डरः हीराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बु
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मन्जलीकुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनु लामा
फरवार्डः रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी, अनिता केसी

तस्बिर सौजन्य : एन्फा

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.