default_image

7 years ago

February 8, 2019

‘बी’ डिभिजन लिग – झम्सिखेल र टुसालको जित

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ क्ल्ब र टुसाल युवा क्लबले विजयी सुरुवात गरेका छन् ।


विना रेलिगेसनको लिगको उद्घाटन खेलमा झम्सिखेलले डिभाइन वाइन ब्वाइज युनियन क्लबलाई १–० ले हरायो । अलिष लुङगेलीले ३९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।

ब्वाइज युनियनल खेललाई बराबरी गर्ने मौका पाएरपनि सदुपयोग गर्न सकेन । ७० औं मिनेटमा सुसन लामाको पेनाल्टीलाई झम्सिखेलका गोलपिकर सुवास मगरले रोकेका थिए ।

दोस्रो खेलमा टुसालले श्री भगवती क्लबलाई १–० ले नै हराएको थियो । एलोन राईले २२ औं मिनेटमा गरेको गोल खेलेको निर्णायक रह्यो ।

त्यसअघि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बी लिगको उद्घाटन गरेका थिए । लिगको अर्को खेल आइतबार हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.