7 years ago
February 10, 2019
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटी इग्लिस प्रिमियर लिग अंक तालिकाको पुनः शीर्ष स्थानमा उक्लेको छ । आइतबार राती चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लेको हो ।

लिभरपुलसँग समान ६५ अंक पुगेपछि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लेको हो । तेस्रो स्थानको टोटेनह्यामको ६० र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ ।
पाँचौं स्थानको आर्सनल र छैटौं स्थानको चेल्सीको समान ५० अंक छ । टोटेनह्यामले आइतबार नै लेस्टर सिटीलाई ३-१ ले हराएको थियो ।
घरेलु मैदानमा सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि सिटीको जित सहज बनेको थियो । टोलीका लागि रहिम स्ट्रलिङले २ र इल्क्ये गुन्डुगानले १ गोल गरे । स्ट्रलिङले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलको पहिलो हाफमै सिटीले ४–० को अग्रता लिएको थियो ।
अगुएरोले १३ औं र १९ औं तथा गुन्डागानले २५ औं मिनेटमा गोल गरे । अगुएरोले ५६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल थपेका थिए ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]