default_image

7 years ago

February 11, 2019

बुढासुब्बा गोल्ड कप – सडन डेथमा संकटाको भाग्य

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मेची नेत्रालय काकरभिट्टा फुटबल टेनिङ सेन्टरलाई सडन डेथमा हराउँदै सिएमजी क्लब संकटा बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

आइतबार उद्घाटन खेल सडन डेथसम्म पुग्दा पनि खराब प्रकाशका कारण खेल स्थगित गर्नुपरेको थियो । समान ११ खेलाडीले पेनाल्टी हान्दा पनि नतिजा नआएको खेल सोमबार त्यहिबाट सुरु हुँदा संकटाले बाजी मारेको थियो ।

सोमबार मेचीका दिलेन लोक्तान गोल गर्न असफल भएका थिए । टोलीका लागि पुजन उपरकोटी गोल गर्न सफल भए । संकटाका लागि अमित तामाङ र सेड्रिक आबा दुवैले गोल गरे । जसबाट संकटा ११–१० ले विजयी भएको छ ।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । १० औं मिनेटमा कर्ण लिम्बूको गोलबाट काकरभिट्टाले अग्रता लिएको थियो । कर्णले पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिरबाट प्राप्त फ्रिकिकलाई गोलमा परिणत गरेका थिए ।

६० औं मिनेटमा संकटाले बराबरी गोल फर्कायो । सेड्रिक अबाको पासमा जय गुरुङले बराबरी गोल गरेका थिए । खेलको ६८ औं मिनेट पुजन उपरकोटीको हेलड गोलबाट पुनः अग्रता लियो । संकटाका गोलकिपर राजबाबु थापाले कर्नरमा आएको बल नियन्त्रण लिन नसकेको पुजन गोल गर्न सफल भएको थियो । इन्जुरी समयमा संकटाका दीपेश आलेमगरले गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो ।

तर टाइब्रेकरमाबाट पनि नतिजा निस्कन सकेन । पहिलो पाँच पेनाल्टीमा ४–४ को अवस्थामा सकिंदा खेल सडन डेथमा पुगेको थियो । ९–९ को स्थितमा छँदा दुवै तर्फका खेलाडीले बल देख्न नसक्ने जनाएपछि खेल स्थगित थियो । संकटाका गोलकिपर राजबाबु थापा म्यान अफ दी म्याच घोषित भए र उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.