default_image

7 years ago

February 11, 2019

साहारालाई हराउँदै पुलिस सेमिफाइनलमा

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको साहारा क्लबलाई सडन डेथमा ४-३ ले पराजित गर्दै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

सोमबार धरान रंगशालामा खेलको ३३ औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । रवी पासवानले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासलाई निरकुमार राईले गोलमा परिणत गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८४ औं मिनेटमा साहाराले बराबरी गोल फर्कायो । पुलिसका अजित भण्डारीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा विश्व अधिकारीले गोल गरे । टाइब्रेकरमा दुवै टोलीले २-२ प्रहार चुकाउँदा सडन डेथमा पुलिसले जित हासिल गरेको हो ।

टाइब्रेकरमा पुलिसका लागि अजित भण्डारी, देवेन्द्र तामाङ र सुमन सुवेदीले गोल गर्दा तेज तामाङ र हरि कठायतको अन्तिम दुई प्रहार चुकेको थियो । साहाराका गोविन्द थापाले पहिलो प्रहार चुकाउँदा विश्व अधिकारी, विनोद गुरुङ र कुलदिप कार्कीले गोल फर्काए । अन्तिम प्रहारमा रमेश मगर चुकेपछि खेल सडन डेथमा धकेलियो । पुलिसका भरत शाहले गोल गरेपछि साहाराका अन्जन देवकोटा चुक्दा पुलिस विजयी भएको थियो ।

खेलमा पुलिसलाई अग्रता दिलाएका मिडफिल्डर निरकुमार राई म्यान अफ द म्याच भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.