default_image

7 years ago

February 11, 2019

भारतविरुद्ध नेपालको पहिलो जित !

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपको दोस्रो खेलमा भारतविरुद्ध ऐतिहासिक जित रचेको छ । कलिंगा रंगशालामा सोमबार सम्पन्न खेलमा सावित्रा भण्डारीको दुई गोलमा नेपाल २-१ ले विजयी भएको हो । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालको यो पहिलो जित हो ।

खेलको पाँचौ मिनेटमा नै नेपालले अग्रता लिएको हो । हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएपनि पोस्टको दिशा लिंदै गोल भयो ।

त्यसको दुई मिनेटमै सावित्राले दोस्रो गोल थपिन । मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ भागबाट दिएको क्रस गोलरक्षक अदितिले खुट्टामुनिबाट फुत्काएपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा गोल गरिन् ।

खेलको ८४ औं मिनेटमा भारतले अग्रता कम गर्यो । रतनाबाला देवीले सिधै फ्रिकिकमा गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । थप समयमा गोल हुन नसक्दा नेपालले भारतमाथि सिनियर टोलीमा पहिलो जित दर्ता गर्न सफल रहयो ।

नेपालले यस जितसँगै प्रतियोगिताको फाइनल पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । पहिलो खेलमा म्यानमारविरुद्ध ३-० ले पराजित नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा इरानलाई १-० ले पराजित गरेपनि दोस्रो खेलमा नेपालसँग पराजित भएपछि अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा म्यानमार रहेको छ । म्यानमारको २ खेलमा ६ अंक छ । पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमारले सोमबारको पहिलो खेलमा इरानलाई २-० ले पराजित गरेको थियो ।

नेपालले अब अन्तिम खेलमा इरानलाई पराजित गरेर म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित दर्ता गरेको खण्डमा नेपाल र म्यानमार फाइनल पुग्नेछन् । भारतले म्यानमारलाई हराएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.