7 years ago
February 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार हिरो गोल्डकपको दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ ।

सावित्रा भण्डारीले खेलको पाँचौ र सातौं मिनेटमा गोल गरेपछि नेपालको जित सम्भव भएको थियो । प्रशिक्षक हरि खड्काले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै खेलको सुरुवाती समयमा आक्रमण गर्ने योजना सफल हुँदा जित दर्ता गर्न सहज भएको बताए । ‘खेलको १० मिनेटभित्र हामीले गोल निकाल्ने लक्ष्य राखेका थियौं । हामीले तय गरेको योजना अनुसार खेलाडीले खेले । कुनै गल्ति नगर्दा खेलको नतिजा हाम्रो पक्षमा परेको हो,’ उनले भने ।
खड्काले टोलीले लामो समयदेखि तयारीमा भारतलाई हराउने लक्ष्य लिएको र त्यसै मिहिनेतको नतिजा भारतलाई हराउन सफल रहेको बताए । ‘हाम्रो कमजोर पक्ष भनेको भारतविरुद्ध दबाबमा खेल्ने थियो, र हिजोको खेलमा दबाब लिएनौं,’ उनले भने, ‘हाम्रो टोलीको मुख्य लक्ष्य भनेको भारतलाई हराउने थियो । हामी यस प्रतियोगिताको सबैभन्दा कमजोर टोली भएपनि मिहिनेत र डटेर लड्ने क्षमता भने अन्य टोली जस्तै छ । यो सबै टोलीको मिहिनेतको कारण भएको हो ।’

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार इरानको सामना गर्दैछ । खड्काले इरानविरुद्ध पनि जितको लागि खेल्ने बताए । ‘अब अन्तिम खेलमा हामी इरानसँग जित दर्ता गरेर फाइनल पुग्ने लक्ष्य राख्ने छौं,’ उनले भने ।
नेपाल अंक तालिकामा ३ अंकसहित दोस्रो स्थानमा छ । म्यानमार ६ अंक बोकेर शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको भारत तेस्रोमा छ । दुवै खेलमा पराजित इरान अंकविहिन रहँदै पुछारमा छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]