7 years ago
February 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार हिरो गोल्डकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा आयोजक भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित रच्यो । उक्त जितमा नेपालका लागि दुवै गोल गरेकी सावित्रा भण्डारीले भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

सावित्राले खेलको पाँचौ र सातौं मिनेटमा गोल गरेपछि नेपालले इतिहासमै पहिलो पटक भारतको सिनियर टोलीविरुद्ध जित दर्ता गरेको हो । खेलपछि बोल्दै सावित्राले भारतलाई पराजित गर्न सक्नु सम्पूर्ण टोलीको मिहिनेतको फल रहेको बताइन ।
‘ हामीले यो दिनको लागि निकै मिहिनेत गरेका थियौं । प्रशिक्षक हरि खड्काले १० मिनेटभित्र गोल निकालेर जसरी पनि जित्नुपर्छ भन्नुभएको थियो । खेलमा सुरुवातदेखि दबाब राख्ने हाम्रो रणनीति सफल भयो,’ उनले भनिन् ।
‘हामीलाई एक-अर्कामा पुरै विश्वास थियो । हामीले भारतलाई हराउन पर्छ भन्ने विश्वासका साथ मैदान प्रवेश गरेका थियौं । नतिजा हाम्रो पक्षमा आउँदा निकै खुसी लागेको छ,’ उनले थपिन ।

फरवार्ड सावित्राले भारतको घरेलु मैदानको जितले टोलीलाई साफ च्याम्पियनसिपका लागि पनि आत्मबल बढ्ने बताइन । ‘हामीले उनीहरुको मैदानमा दबाब राखेर जित दर्ता गर्न सफल भयौं । अब हाम्रो मैदानमा जित दर्ता गर्न सहज हुने देखेको छु । हामीले साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा छ,’ उनले भनिन् ।
नेपालले हिरो गोल्डकपको समूह चरणको अन्तिम खेलमा इरानको सामना गर्दैछ । इरानविरुद्ध पनि टोली जितको लागि नै उत्रने उनले बताइन् । ‘हामीले भोली इरानविरुद्ध पनि कडा मिहिनेत गर्नेछौं । फाइनल पुग्ने लक्ष्य पूरा गर्नका लागि तत्पर छौं’, उनले टुंग्याइन ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]