7 years ago
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज इरानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा म्यानमारविरुद्ध ३-० को पराजय भोगेको नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै सानदार पुनरागमन गरेको हो । भारतविरुद्ध इतिहासमै पहिलो जित दर्ता गर्ने क्रममा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । अंक तालिकामा नेपाल ३ अंक बोकेर दोस्रो स्थानमा छ ।
टोलीका प्रशिक्षक हरि खड्काले भारतलाई पराजित गरेपछि अन्तिम खेलमा इरानविरुद्ध पनि जितको लागि खेल्ने बताएका थिए । ‘भारतविरुद्ध ऐतिहासिक जितले मनोबल बढेको छ, अब अन्तिम खेलमा हामी इरानसँग जित दर्ता गरेर फाइनल पुग्ने लक्ष्य राख्ने छौं,’ उनले भने । फरवार्ड सावित्रा भण्डारीले पनि कडा मिहिनेत गर्दै फाइनल पुग्ने लक्ष्य प्राप्त गर्ने बताएकी थिइन् ।
अंक तालिकामा म्यानमार ६ अंक बोकेर शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको भारत तेस्रोमा छ । दुवै खेलमा पराजित इरान अंकविहिन रहँदै पुछारमा छ । नेपालले इरानलाई पराजित गरेको खण्डमा अर्को चरण पुग्ने सम्भावना लगभग पक्का हुनेछ ।
यद्यपी म्यानमार र भारतको खेलमा गणितीय समीकरणका कारण नेपालले जित दर्ता गरेपनि फाइनल पुग्ने शत प्रतिशत सम्भावना भने रहन्न । नेपालले इरानविरुद्ध बराबरी खेलेर भारत र म्यानमारको खेल बराबर वा म्यानमारको जित भएको खण्डमा भने नेपाल फाइनलमा पुग्नेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]