7 years ago
February 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हालै गरेको प्रदर्शनको तारिफ गरेका छन् । नेपाली महिला फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो कप च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार नेपाली टोलीले म्यानमारको सामना गर्दैछ ।

क्विन्स इभेन्ट म्यानेजमेन्टले महिला क्रिकेटको फ्रेन्चाइज प्रणालीमा हुने वमन च्याम्पियन्स लिग (डब्लूसिएल) आयोजनाको जानकारी दिन आयोजित कार्यक्रममा पारसले भने, ‘महिला फुटबल टोलीले जुन सफलता प्राप्त गरेको छ । त्यसका लागि बधाई दिनुपर्दछ । त्यसले अन्य खेलाडीलाई पनि मोटिभेट गरेको छ ।’
राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीको समेत कार्यक्रममा उपस्थिति रहेकोले उनीहरुलाई उत्साहित बनाउने क्रममा पारसले नेपाली महिला फुटबल टोलीको प्रसंग उठाएका थिए । ‘महिला फुटबलको सफलताको हामीले तारिफ गर्नुपर्दछ’, उनले भन, ‘त्यसले हाम्रो महिला टोलीलाई पनि हौसला मिल्नेछ ।’
म्यानमारसँग ३–० ले पराजित हुँदै हिरो कपको सुरुवात गरेको नेपाली टोलीले त्यसपछि भारतलाई २–१ र इरानलाई ३–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । यसै महिना विराटनगरमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाली टोलीले हिरो कपमा भाग लिइरहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]