default_image

7 years ago

February 15, 2019

आर्सनलको लज्जास्पद हार

130 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनल बिहिबार राती युरोपा लिगको राउण्ड अफ ३२ को पहिलो लेगमा बाटे बोरिसोभसँग १-० ले पराजित भएको छ ।

खेलको पहिलो हाफको अन्तिम मिनेटमा बोरिसोभले लिएको अग्रता नै खेलमा निर्णायक गोल सावित भएको थियो । इगोर स्टासेभिचको फ्रिकिकमा स्टानिस्लाभ ड्रागुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवाती समयमा नै आर्सनलका एलेक्जेन्डर लाकाजेटले गरेको गोल मान्य भएको थिएन ।

खेलको ५ मिनेट समय बाँकी रहँदा लाकाजेट सिधै रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भए । उनले एलेक्जेन्डर फिलिपोभिचलाई कुइनोले हानेपछि रेफ्रीले मैदानबाहिर पठाएका थिए । यस जितसँगै बाटेले पहिलो पटक इंग्लिस टोलीलाई पराजित गर्ने इतिहास कायम गरेको छ । खेलको दोस्रो लेग अर्को साता आर्सनलको घरेलु मैदानमा हुनेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.