7 years ago
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय क्लब त्रिभुवन आर्मी क्लबले भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको क्वाटरफाइनलमा थिम्पु सिटी फुटबल क्लबलाई ६-० ले पराजित गरेको छ । यस जितसँगै आर्मी प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार फुन्त्सोलिङमा भएको खेलमा आर्मीका लागि कप्तान भरत खवासले खेलको पाँचौ मिनेटमा नै आर्मीलाई अग्रता दिलाएका थिए । अर्का फरवार्ड नवयुग श्रेष्ठले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि नै भरतले व्यक्तिगत दोस्रो गोल गरे ।
पहिलो हाफको अन्तिम मिनेटमा आर्मीले ४-० को अग्रता लियो । विमल पाण्डेले गोल गर्दै आर्मीलाई सहज जिततर्फ अग्रसर गराए । दोस्रो हाफको ७८ औं मिनेटमा सन्तोष तामाङले अर्को गोल थपे । ८४ औं मिनेटमा थिम्पुका मिफाम जिग्मेले आत्मघाती गोल गरेपछि आर्मीले ६-० को जित दर्ता गरेको हो ।

December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]